बाँकेमा संक्रमित र मृत्युदर उकालो लाग्दा असावधानी बढ्दै

नेपालगन्ज : बाँकेमा गए राती दुइजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ भने जिल्लामा कोरोना संक्रमणको दर दैनिक रुपमा उकालो लागेको छ ।

बाँकेमा हरेक दिन दर्जनौं संक्रमित थपिएका छन् भने हरेक दिन जसो मृत्युको खबर समेत बाहिरिएको छ तर बाँकेको अवस्था हेर्दा भने बाँकेमा कुनै किसिमको कोरोना संक्रमणको खतरा छ जस्तो लाग्दैन ।

साधारण अवस्था भन्दा बढी भिडभाड र सामान्य जिवनशैली देखिने नेपालगन्जमा आजभोलि स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना गरेको पाइदैन ।

सरकारले लकडाउनको अन्त्य गरे संगै कोरोना संक्रमणको खतरा टरेको अनुभव गरेका बाँकेबासीले कोरोना संक्रमणको वास्तविक जोखिमलाई बुझ्नै नसकेको जानकार बताउने गर्छन् ।

सरकारले समेत लक्षण नदेखिएकाको पिसिआर परिक्षण नगर्न र कन्ट्याक्ट् ट्रेसिङको काम समेत नगर्न निर्देशिका जारी गरेको अवस्थामा संक्रमितहरु अन्तिम अवस्थामा पिगे पछि मात्रै कोरोना पोजेटिभ प्रमाणित हुने भएका कारण मृत्युदर बढ्ने स्वास्थ्य क्षेत्रका बिज्ञहरु बताउने गर्छन् ।

बजारमा भएको भिड , सार्वजनिक सवारीसाधन संचालनमा आएको र सुरक्षा मापदण्ड अनुसरण नगरेको, अनावश्यक भिड र जमघट, रेस्टुरेन्टमा गरिने पार्टी र जमघट जस्ता कयौं क्रियाकलापले बाँकेलाई जोखिम तिर धकेली रहेको छ ।

यतिबेला नेपालगन्जको सडकमा कहिले नदेखिए ट्राफिक अस्तब्यस्तको दृश्य समेत देखिएको छ । यो दृश्यले नेपालगन्जमा कोरोना को जोखिम छ जस्तो देखिदैन ।


फोटो : बिक्रम क्षेत्रीको फेसबुकवालबाट

प्रतिक्रिया