दाङको ४ स्थानीय तहमा विद्यालय संचालन

दाङ :दाङका ४ स्थानीय तहले विद्यालय संचालन गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याएका छन् ।

कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका बिद्यालयहरु स्वास्थ्य मापदण्डको पालना गरि स्थानीय तहले खोल्न थालेका छन् । विद्यालय संचालनमा आएसँगै कोरोना कहरका कारण ६ महिनादेखि ठप्प भएको शैक्षिक गतिविधि चलाएमान बन्न थालेकोे छ ।

जिल्लामा रहेका दशवटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले आफू अन्तरगत विद्यालयमा पठनपाठन सु? गरिसकेका छन् भने ६ वटा स्थानीय तह विद्यालय सञ्चालनको अन्तिम तयारीमा जुटेका छन् ।

सरकारले विद्यार्थी सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा सहज भएको हो ।

सिकाइ निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र यसको तयारीमा जुटेको पालिकाका शिक्षा प्रमुखहरुको भनाइ छ ।

प्रतिक्रिया