नेपालगन्ज : बाँकेका ४४ कोरोना संक्रमित निको भएर आज घर फर्किएका छन् ।
बाँकेको विभिन्न आइसोलेसनमा बस्दै आएका ४४ कोरोना संक्रमित १४ दिने आइसोलेसन बसाइ पछि आज घर फर्किएका हुन ।
जिल्ला कोभिड १९ ब्यवस्थापन समिती बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार आज बाँकेका ४४ जना डिस्चार्ज भएका छन भने गए राती दुई जना कोरोना संक्रमितको मृत्युु समेत भएको छ ।
बाँकेमा लगातार रुपमा कोरोना संक्रमणको दर उच्च हुँदै गएको बेला मृत्युु हुनेको संख्या समेतमा वृद्धि हुँदै गएको छ ।
उता कोरोना निको भएर घर फर्कनेको संख्या समेत बाँकेमा उच्च रहेको कोभिड १९ ब्यवस्थापन समितिले जनाएको छ ।
आज संगै बाँकेका १५ सय ७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने जम्मा कोरोना संक्रमीत बाकेमा १८ सय ६० रहेको छ र मृत्युु हुनेको संख्या १३ पुगेको छ ।











