बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले चुरोट पिउने गरेको बताएकी छन्। ड्रग्स लिएको भन्ने आरोप अस्वीकार गर्दै दीपिकाले नारकोटिक्स कन्ट्रोल ब्यूरोलाई चुरोट पिउने गरेको वयान दिएकी हुन्।
उनले आफ्नो म्यानेजर करिश्मालाई ह्वाट्स ऐप च्याटमा माल छ भनेर सोधेको कुरामा चुरोटलाई नै माल भनेको दावी गरेकी छन्। फिल्म इण्डस्ट्रीमा केही कुरामा आफूले कोड भाषा प्रयोग गर्दै आएको र माल भनेको ड्रग्स नभई चुरोट भएको उनको वयान थियो।
‘हामी सिगरेटलाई कोड भाषामा माल भन्छौं। हैश र वीड भनेको सिगरेटको प्रकार हो, अर्थात अलग अलग ब्राण्डको सिगरेट,’ उनले भनेकी छन्, ‘हैशलाई पातलो सिगरेट र र वीडलाई मोटो सिगरेट भन्छौं।’
एनसीबीले शनिवार दीपिकासँग सोधपुछ गरेको थियो। यद्यपि सफाई भने दिएको छैन। फेरि वयान लिनसक्छ।











