काठमाडौं- नेपालमा पदयात्रा र पर्वतारोहण गर्न आउने पर्यटकले ७ दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहण खुला गरिएको र नेपाल घुम्न आउने विदेशी पर्यटकले सात दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको हो।
अक्टोबर १ देखि नेपाल आउने पर्यटकले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ। त्यस्तै नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडि सम्मको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ।
नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।









