बाँकेमा आज १३ कोरोना संक्रमित थपिए

नेपालगन्ज : बाँके जिल्लामा आज दिउँसोसम्म १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज भेरी अस्पताल पिसिआर ल्याबबाट ११ जना, बागेश्वरी ल्याबबाट २ गरि १३ जना नयाँ संक्रमित थपिएको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् ।

आज ८ महिला र ५ पुरुष जनामा कोरोना पुष्टि भएको छ । यो संगै बाँकेमा जम्मा पोजेटिभ संख्या १८७३ जना पुगेका छन् भने कोरोना निको भएर घर फर्कनेको संख्या १५०७ पुगेको छ ।

त्यस्तै आज नै भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा गरिएको परिक्षणमा बर्दियाका ९ जनामा समेत कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया