नेपालगन्ज :अमृत गुरुङ समग्र नेपाली संगीतिक क्षेत्रका फरक प्रतिभा हुन् । सरदर नेपालीको उचाइ भन्दा अग्ला गुरुङको संगीत यात्राको उचाई सदाबहर उस्तै छ ।
गुरुङको जिवनसैली, उनको बिचार र उनको क्रियाकलापले सधै संचारमाध्यममा छाइरहन्छ । गुरुङले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसन बसेका डा गोबिन्द केसिको बारेमा बोल्दै सरकार संग प्रश्न गरेका छन् ।
गुरुङले सरकार समक्ष प्रश्न गर्दै आफ्नो फेसबुक पेजमा लेखेका छन् – सत्याग्रहको आज १६ औं दिन हो। सरकार हजुर, डा. केसीका के माग देश र जनता बिरोधी छन् ? कि स्पष्ट पारिदिनु पर्यो, नत्र मानीदिनु पर्यो।
डाक्टर गोबिन्द केसिले जुम्ला देखि सत्याग्रहको सुरुवात गरेका थिए । उनलाई जुम्ला देखि नेपालगन्ज ल्याएर एक रात भेरी अस्पतालमा राखेर काठमाडौं ल्याइएको छ ।









