यसबर्ष राप्ती सोनारी गाउँपालिका क्षेत्रका किसानहरुले समयमै धान भित्राएका छन् ।
सिक्टा सिचाई अयोजनाको नहरको शाखा तथा उपशाखामा समयमै पानी आएपछि उनीहरुले आवश्यकता अनुसार धानबालीमा पानी लगाउन पाउँदा समयमै धान पाकेको हो । सिक्टा सिचाईले धान रोपाईको लागि जेठ महिनामै नहरमा पानि ल्याएपछि किसानहरु समयमै धान रोपाई गरेका थिए ।
समयका धान रोप्न र आवश्यकता अनुसार धानबालीमा पानी राख्न पाएकोले किसानहरु यति बेला धान काट्न व्यस्त देखिन्छन् । एक तिर किसानहरु धन कटाई गरि रहेका छन् भने अर्को तिर हावा हुरी तथा बर्षाले धानलाई नोक्सान गरि रहेको छ ।
किसानहरु छिटै धान भित्रियाउन पाउने भएपछि खुशी भएपनि हावा हुरीले धानलाई नोक्सान गर्न थालेपछि चिन्तित भएका छन् ।।










