नेपालगन्ज : सार्वजनिक निकाय अन्र्तगत बाँके जिल्लामै पहिलो पटक बाणिज्य तथा आपुर्ति उपभोक्ता संरक्षण कार्यालयले सूचनाको हक सम्वन्धी ऐन अन्र्तगत प्रत्येक तीन–तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचनाको विवरण सार्वजनिक गरेको छ ।
ऐन अनुसार २० वटा सूचकको विवरण सार्वजनिक गरिएको हो । उक्त विवरण तथा सूचनाले नागरिकले प्रत्यक्ष जानकारी पाउने छन भने गुणस्तरिय सेवा, पारदर्शिता तथा जवाफदेहितामा मद्दत पुरयाउने छ । सो कार्यलयले सूचना मैत्री बाताबरणको स्थापना गरि गुणस्तरिय सेवा प्रवाह गर्दै आएको छ ।
सुचना मैत्री अन्र्तगत कार्यालयमा सहज रुपमा सेवाग्राहीले सेवा पाउनु, सूचनाको शाखाको व्यवस्थापन, सूचना अभिलेखीकरण, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था, नागरिक वडा पत्र, वेभसाइट अपडेट तथा सूचना विवरणको अपडेट लगायतको प्रभावकारी व्यवस्थापन गर्नु हो ।
सो कार्यालयले सोको व्यवस्थापन गरेकाले कार्यालय सूचना मैत्री भएको हो । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसका सन्दर्भमा पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज मंगलबार गरेको अभिमुखीकरण कार्यक्रममा सूचनाको विवरण सार्वजनिक गरिएको हो ।
विवरण सार्वजनिक गर्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले मुलुकमा धेरै परिवर्तन तथा नया संविधानको निमार्ण र पुर्नसंरचना भएपनि कार्यन्वयन गर्नेहरुको मानसिकता र सोच अझै परिवर्तन नभएकाले कार्यन्वयनमा समस्या भएको बताउनुभयो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले अहिले सेवाग्राहीहरुको चित्त बुझाउन नसकेकाले सूचनाको हकलाई कार्यन्वयन गरेमा त्यसमा सुधार हुने भन्दै जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा सबै कार्यालयहरुमा तीन–तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरुको विवरण सार्वजनिक गराउने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा सूचनाको हक जिल्ला अनुगमन समितिका सदस्य सचिव तथा हुलाक कार्यालयका प्रमुख गोविन्द प्रसाद पाण्डे, निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन बाँके अध्यक्ष कृष्णकुमार थापा, उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष बसन्त गौतम लगायतले बोल्नु भएको थियो । बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी देवीलाल चौलागाईले चालु आर्थिक वर्षको साउनदेखि असोज १० गतेसम्मका सूचना विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष विश्वजित तिवारीले जिल्लामा सूचनाको हकको कार्यन्यनको अवस्था र स्वतः प्रकाशन गर्नुपर्ने सूचनाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
दिवसको अवसरमा संस्थाले बाँके र बर्दियामा सूचनाको हक सम्बन्धी अभिमुखीकरण, प्रदेश ५ अन्र्तगत कार्यालयहरुसंग कोभिड १९को खर्च विवरणबारे सूचना माग, सूचनाको हकलाई कार्यन्वयन गर्नका लागि प्रधानमन्त्री र प्रदेश ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र, जिल्लामा सूचना अभियन्ताहरुविच छलफल र दिप प्रज्वलन लगायतका कार्यक्रम गरि मनाइएको संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले बताउनुभयो ।











