प्रहरी निरिक्षक बस्नेतको असल काम

नेपालगन्ज : वडा प्रहरी कार्यालय नेपालगन्जबाट सिआईबी काठमान्डौं सरुवा भएर जानू पूर्व मानबिय कार्य गरेका छन् ।

जाजरकोट नलगाड नगरपालिका वडा नम्वर ४ नमुनाबस्ती घर भई नेपालगन्ज वडा नम्वर १० अन्नपूर्णटोलमा बस्दै आएकी दृष्टिबिहिन २६ बर्षिया रुपा रावललाई खानबस्न समस्या भएपछी प्रहरी निरिक्षक हरि बस्नेतले १ सय २० किलो चामल र नगद रु. ५ हजार सहयोग प्रदान गरेका छन् ।

रुपा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नातकोत्तर अध्ययनरत गरिरहेकी छन् । प्रहरी निरिक्षक बस्नेतले यस अघि पनि दुखि असायलाई सहयोग गर्दै आएका छन् । मनकारी प्रहरी निरिक्षक बस्नेतको कार्य प्रति नेपालगन्ज बासीले प्रसंसा गरेका छन् ।

प्रतिक्रिया