नेपालगन्ज : कोरोना कहर र त्यसपछी गरिएको लकडाउन अनि सिमानाका सिल गरिए संगै सिमावर्ती भारतिय बजार रुपईडिहा बजार सुनसान बनेको छ ।
दैनिक जसो करोडौंको कारोबार गर्ने रुपईडिहा बजारको मुख्य ग्राहकको रुपमा नेपालीहरु नै भएको कारण कोरोना कहर संगै सिमानाका बन्द भए पछि रुपईडिहा बजार सुनसान बनेको हो ।
दैनिक रुपमा खाद्यान्न, लत्ताकपडा, मेसिनरी औजार, औसधि देखि हरेक सानातिना सामाग्री खरिदमा समेत बाँके,बर्दिया, सुर्खेत र दाङ समेतका नागरिकहरू सिमावर्ती बजार पिग्ने रुपईडिहाको दैनिक ६-७ करोडको ब्यापार नेपालीहरुबाट नै हुने गर्दै आएको जानकार बताउछन् ।
कोरोना कहर र त्यसपछि गरिएको लकडाउन र सिमानाका सिल भए संगै भारतिय सिमावर्ती बजार रुपईडिहा सुनसान बनेको छ , जसको कारण त्यहाका केही ब्यापारीहरु बिस्तावित समेत भएको जनाइएको छ ।
लकडाउन र सिमानाका सिल हुँदा नेपालि बजार नेपालगन्जलाई भने फाइदा भएको छ । दैनिक करोडौं रुपैयाँको कारोबार सिमावर्ती बजारमा हुँदा नेपालगन्ज बजार भने सुनसान हुने गरेकोमा अहिले भने नेपालगन्ज बजारमा राम्रो कारोबार हुँदै आएको ब्यापारीहरु बताउछन् ।
नेपालगन्ज घरवारीटोलमा कपड़ाको व्यापार गर्दै आएका दिपक खरेलका अनुसार पहिलेको तुलनामा नेपालगन्जको व्यापार धेरै राम्रो छ । हामी नेपालगन्जका ब्यापारीको लागि त सिमानाका सधै भरी नै बन्द भए राम्रो हुन्छ । पहिले व्यापार थिएन अहिले कोरोना कहरमै भए पनि व्यापार राम्रो छ ।
सिमानाका बन्द भए संगै नेपालगन्जको व्यापार फस्टाएको भए पनि कतिबेला सिमानाका खुल्ने होर त्यसपछि फेरि नेपालगन्जको ब्यापार फेरि पुरानओ अवस्थामा पुग्ने हो भन्ने त्रासमा छन् नेपालगन्जका ब्यापारी ।
एकतिर सिमानाका बन्द भए संगै नेपालगन्जको व्यापार फस्टाएको छ भने एकतिर केही पार्टी र समुदायले सिमानाक खोल्नु पर्छ भन्दै नेपालगन्जमै माग र बिरोधको कार्यक्रम गर्दै आएका छन् ।











