नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ९ सयले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय तोकेको छ ।
मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय तोकिएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले वृद्धि भई एक हजार १९० पुगेको छ ।









