खजुरामा अत्याधुनिक बातानुकुलित कुखुराको खोर स्थापना

खजुरा । बाँकेको खजुरामा वातानुकुलित अत्याधुनिक कुखुरा खोर सञ्चालनमा आएको छ ।

कुखुरा विकास फर्म खजुराको परिसरमा नवनिर्मित अत्याधुनिक खोरको ५ नम्बर प्रदेशकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आज उद्घाटन गर्नुभयो ।

वातानुकुलित खोरको उद्घाटन गर्दै मन्त्री पौडेलले अत्याधिक गर्मी हुने ठाउँमा कुखुराको विकासका लागि नमुनायोग्य काम भएको बताउनुभयो ।

कृषिको विकासका लागि कृषि अनुसन्धान परिषद्संग पनि काम गर्ने गरी छलफल अघि बढेको मन्त्री पौडलले बताउनुभयो ।

खजुरा विकास फर्मका प्रबन्धक डा.शंकर न्यौपानेले अत्याधिक गर्मी हुने ठाउँ भएकाले यस प्रकारको खोरले कुखुरा उत्पादन सहज हुने बताउनुभयो ।

“यहाँ चैत बैशाखमा अत्यन्त गर्मी हुनुका साथै आद्र्रता पनि कम हुने र साउन भदौमा गर्मीसंगै आद्र्रता पनि बढी हुने हुँदा कुखुरा हुर्काउन अप्ठेरो परिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारबाट उपलब्ध बजेटमा खोर निर्माण गरेका हौं ।”

उहाँले खोरमा ५ हजार कुखुरा अट्ने क्षमता रहेको बताउनुभयो । ओम कन्स्ट्रक्सन नेपालगञ्जले ८२ लाख २६ हजारमा ठेक्का सम्झौता गरेर खोर निर्माण गरेको थियो ।

गत माघमा निर्माण शुरु गरिएको खोर असारमा सम्पन्न भएको हो ।

प्रतिक्रिया