बागेश्वरी मन्दिर खोल्न माग

केपि घिमिरे ,नेपालगन्ज: विगत ६ महिना देखि बन्द रहेको बागेश्वरी शक्तिपीठ मन्दिर खुलाउनका लागि आज कसौधन वैश्य समाज बाँकेले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

विजया दशमी नजिकै आउन लागेको र नव दुर्गा माताको ९ दिन सम्म पुजा गर्नका लागि मन्दिर खुलाउन उक्त समाजले आग्रह गरेको छ ।

समाजका अध्यक्ष नन्दलाल वैश्य र महासचिव सत्यनारायण बैश्यले संयुक्तरूपमा हस्ताक्षर गरि सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई उक्त ज्ञापनपत्र बुझाएको अध्यक्ष बैश्यले बताए ।

उक्त ज्ञापनपत्र बुझाउन अध्यक्ष, महासचिव लगायतका पदाधिकारीको उपस्थिति रहेको महासचिव सत्यनारायण बैश्यले बताए ।

हेर्नुहोस् ज्ञापनपत्र :



प्रतिक्रिया