युवा ब्यवसायी तथा अभियन्ता श्रेष्ठलाई कोरोना संक्रमण

नेपालगन्ज : नेपालगन्जका युवा ब्यवसायी तथा अभियन्ता विवेक श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा साधारण खराबी आए पछि कोरोना परिक्षण गराउदा संक्रमण पुष्टि भएको हो । हाल उनको स्वास्थ्य सामान्य रहेको छ ।

श्रेष्ठलाई आज गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो । नेपालगन्जमा अटो मोबाइल्सको ब्यवसायमा एउटा उचाई चुमेका ब्यवसायी श्रेष्ठ बाँकेमा अभियन्ताको रुपमा समेत परिचित छन् ।

बाँके तथा आसपासका जिल्लाहरुमा गरिब, असहाय र आर्थिक अभावमा उपचार नपाएका ब्यक्तिहरुको उपचारको लागि आर्थिक ब्यवस्थापन जुट्दै आएका श्रेष्ठले प्राकृतिक प्रकोपमा अप्ठ्यारोमा परेकाहरुको लागि समेत अभियानद्वारा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया