नेपालगन्ज : सेवाग्राहीको भिडभाडलाई कम गर्न तथा प्रभावकारी र सहज सेवा प्रवाह गर्ने लक्ष्य अनुसार यातायात व्यवस्था कार्यालय नेपालगन्जले कार्यालय परिसरमा बिहीबारदेखि टोकन मेशिन जडान गरेको छ ।
इन्भेस्टमेन्ट बैंकको सहयोगमा कार्यालयले बिहीबारदेखि उक्त मेशिन जडान गरि प्रयोगमा ल्याएको यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले बताए ।
उनकाअनुसार उक्त मेशिन जडानसँगै सेवाग्राहीले कामका लागि पालो कुरेपनि लाइन बस्नुपर्ने, विचौलिया राख्नुपर्ने झन्झटको अन्त्य भएको छ ।
यातायातमा सेवा सुविधा लिनका लागि आएका सेवाग्राहीले जुनदिन टोकन पाए उनीहरूको काम सोही दिन हुने उनले बताए । उनले भने ‘अहिले २ सय ५० जना सेवाग्राहीलाई दैनिक सेवा प्रवाह गर्ने योजना छ । जनशक्ति र प्रविधीले साथ दिए उक्त संख्या बढ्न सक्छ ।’
टोकन प्रणालीले सेवाग्राहीको समय बचत हुनुका साथै काम पनि प्रभावकारी हुनेछ । यातायात कार्यालय नेपालगन्जमा खत्री आएसँगै कार्यालयको सुधारका साथै सेवाग्राहीका लागि बस्ने प्रतिक्षालय देखि बृहत गुरूयोजना तयारी भेरहेको छ ।
यसले यातायात कार्यालयको रूप फेरिने निश्चित छ । टोकन सिस्टमले सेवाग्राहीलाई सहज सेवा प्रवाहमा सहयोग गर्ने छ । टोकन जडानका लागि उक्त बैंकले दुई बढी रकम खर्च गरेको बताइएको छ ।
सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्ने उद्धेश्यस्वरुप टोकन मेशिन संचालनमा ल्याइएको अधिकृत खत्री बताउँछन् । नेपालगन्जमा बाँके, बर्दिया, जाजरकोट सुर्खेत, दैलेख दाङ लगायतका जिल्लाबाट सेवाग्राही आउने गरेका छन् ।
कार्यालयले प्रदान गर्ने सेवाहरुलाई जनमुखी र स्मार्ट बनाउने निति अनुरुप विभिन्न प्रकारका सुधारका कामहरु गर्न लागिएको अधिकृत खत्री बताउँ५न् । टोकन मेसिन संचालनमा आएपछि लाइसेन्सका लागि बायोमेट्रिक दिन आउने सेवाग्राहीले अब उपरान्त घन्टौं लाइनमा लाग्नुपर्ने बाध्यता हटेको छ ।











