बर्दियाका स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट वितरण

बर्दिया : कमैया महिला जागरण समाजले बर्दियाका स्थानीय तहका स्वास्थ्य शाखालाई पिपिई सेट हस्तान्तरण गरेको छ ।
कमैया महिला जागरण संघले एक्सन एड नेपाल र विभिन्न सस्थाको सहयोग सहर्कायमा सो सामग्री वितरण गरिएको हो ।
आज बिहिवार छुटा छुटै कार्यक्रमको आयोजना गरि पहिलो चरणमा बर्दियाको बढैयाताल, बाँगढी र ठाकुरवावा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीको लागि पिपिई सेट वितरण गरेको हो ।

बढैयाताल गाउँपालिकाको लागि ७५ सेट, बाँसगढीको लागि ५० सेट र ठाकुरवावाको लागि ७२ पिपिई सेट हस्तान्तरण गरिएको छ ।
यो सँगै बर्दिया जिल्लाभर रहेका स्थानीय तहहरुमा कुल ४७१ पिपिई सेट वितरण गर्ने लक्ष्य लिएको कमैया महिला जागरण समाजका कार्यक्रम निर्देशक मान बहादुर डाँडीले जानकारी दिए । बढैयाताल गाउँपालिकामा भएको हस्तान्तरण कार्यक्रममा कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले पाप्त पिपिई सेटले कोराना संक्रमितहरुको उपचार तथा रेखदेखमा मद्धत पुग्ने बताईन ।

सो हस्तान्तरण कार्यक्रममा एक्सन एड नेपाल पश्चिमान्चल श्रोत केन्द संयोजक बिष्णु शर्माले अहिले एक्सन एड नेपालले अन्य कार्यक्रमलाई थाति राख्दै कोभिड १९ को लागी काम गरिरहेको बताए । यसै अन्तरर्गत बर्दिया जिल्लाको स्थानिय तहहरुमा पिपिई सेट वितरण गर्ने कार्यक्रम गरेको शर्माले बताए ।

एक्सन एडका आपतकालिन प्रतिकार्य परियोजना संयोजक विशाल रानामगर, बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासिकिय अधिकृत अर्जुन सुवेदि लगाएत स्वास्थ्यकर्मि पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया