नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जिम्मेवारी बाडफाड गरेको छ । राष्ट्रिय युवा संघ नेपालले जिल्ला इन्चार्ज र सह इन्चार्जको नाम समेत टुङ्गाएको हो ।
राष्ट्रिय युवा संघ नेपाल नेपालगन्ज उपमहानगरपालिकाको इन्चार्जमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य समेत रहेका किशोर थापालाई जिम्मेवारी दिइएको छ ।
तत्कालीन युवा संघ नेपालको जिल्ला अध्यक्ष समेत भैसकेका थापा नेकपा बाँकेको युवा नेताको रुपमा जिल्लामा पहिचान बनाईसकेका छन् ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपाल बाँकेको इन्चार्जमा सुरज जागा र सह इन्चार्जमा खेम शर्मालाई जिम्मेवारी दिइएको छ ।
लामो समयसम्म जिम्मेवारी बाँडफाँड नहुँदा संगठनले काममा गती लिन सकेको थिएन। हिजो संयोजक रामप्रसाद सापकोटा र सह-संयोजक रमेश पौडेलले सर्वसम्मत निर्णय गरेर संयुक्त रुपमा हस्ताक्षर गरेर परिपत्र जारी गर्दै जिम्मेवारी बाँडफाँड गरेका हुन् ।











