खजुरा : आहाँ ! कति सुन्दर पार्क बनेको खजुरामा नेपालगन्ज बाट काम विशेषले ज्ञानोदय मावि नजिकै गइरहेका नेपालगन्जका सन्तोष बोहोरा एक छिन अडिए र पार्कको प्रसन्सा गरे । केहि वर्ष अघि उक्त स्थानमा आउदा मुल बाटो बाहेक पार्क बनेको क्षेत्रफल वरिवरी खाल्टो देखेका बोहोराले सुन्दर पार्क बनेको देख्दा खुलेर प्रसन्सा गर्दे आफ्नो गन्तव्य तिर लागे ।
सन्तोष जस्तै अहिले खजुरा आउनेहरु उक्त पार्कको मनमोहक दृश्य अवलोकन गरेर मात्र फर्कने गरेका छन । खजुरा गाउँपालिकाले उपभोक्ता समिति र निर्माण कम्पनि समेतलाई जिम्मा दिएर उक्त पार्क निर्माण गरेको हो । पार्क अहिले हेर्न र रमाउन लायक बनेको छ । बालबालिकालाई खेल्न विभिन्न सामागी राखिएका छन ।

हेर्दा केहि सानो जस्तो देखिएपनि पार्क सुन्दर देखिएको छ । बजार नजिक केहि समय भएपनि समय विताउन बालबालीकालाई रमाउन उचित गन्तव्य बनेको छ । शुरुमा उपभोक्ता समितिले २७ लाख बजेटमा काम सुरु गरेको थियो । उपभोक्ता समितिले २७ लाख बराबरको काम गरिसकेपछि ४३ लाखको टेन्डर प्रक्रियाबाट प्रभु डेभलपमेन्ट बिल्डर्सले वरिपरिको बाटो पिच सहितको निर्माण गरेको हो ।

प्रभु डेभलपमेन्ट बिल्डर्सका प्रोपाइटर विकास सापकोटाले ६ मिटरको बाटो बरिपरि पिच सहित सम्झौता अनुसार पार्क निर्माणको काम गरेको बताए । पार्क निर्माण भैसकेपछि पुन : उपभोक्ता समिति मार्फत निर्माण गरिएको पार्कमा विभिन्न सामाग्रीहरु राखिएका छन ।
पार्कलाई सुन्दर बनाउन १४ लाख खर्च भएको छ । पार्कमा खर्च भएअनुसारको काम पनि भएको उपभोक्ता समितिका एक सदस्यले बताए ।











