अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन् ।
यससँगै आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो ।











