कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।

ज्वरोसहित कोभिड १९ का सामान्य लक्ष्णहरु देखिन थालेपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ज्वरो आएपनि ट्रम्पको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ट्रम्पलाई अहिले नै अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको भएपनि आवश्यक सावधानी र सतर्कताका लागि अस्पताल लगिएको ह्वाईट हाउसको तर्क छ । ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
 

प्रतिक्रिया