कर्णालीमा जाने उद्घोष गर्दै वावाही पाएका राणा र संघर्ष समिती किन मौन ?

रामु ओली, नेपालगन्ज : दाङको राप्ती, गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्र र चर्चेको राप्ती नदी किनारको देउखुरीलाई प्रस्तावित लुम्बिनी प्रदेशको स्थायी राजधानी राख्न प्रस्ताव गरिएको छ । प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ ।

यो संगै सत्तारुढ दलका अधिकांशले यस कदमको स्वागत गरेका छन् । बाँकेको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सभासदहरुले समेत दाङ राजधानीमा बिरोध नभएको भन्दै अघोषित रुपमा मौन समर्थन जनाएको अवस्था छ ।

हिजोको दिनमा बाँकेमा राजनिती हावी गर्न जनताको भावना संग मेल खाने बाँके र बर्दिया कर्णालीमा जानू पर्छ भन्दै जनतालाई उचाल्ने र आशा देखाउने केही दलका नेताहरु अहिले खुलेर दाङ राजधानीको स्वागत गरेका छन् ।

कर्णाली जानेको आवाज उठाउने आई पि खरेलले स्वागत योग्य प्रस्ताव भनिसकेका छन् भने नेपालगन्जका मेयर धवल शमशेर राणाले कर्णाली जाने मुद्दा भुली सकेको स्रोत बताउछ ।

स्रोतका अनुसार मेयर राणा दाङमा राजधानी आउदा खुसी छन् त्यसैले कर्णालीको कुरा बार्गेनिङको शब्द भएको जिकिर गर्छन् , त्यसैले पनि मेयर राणाले अहिले सम्म यो विषयमा कुनै आधिकारिक धारण राख्न सकेका छैनन् ।

कुनै समय बाँके बर्दियाको भबिस्यको लागि भन्दै कर्णाली जानू पर्ने र सोको लागि आफुले आन्दोलनको नेतृत्व लिने भनेर जनताको वावाही प्राप्त गरेको मेयर राणा दाङमै खुसी हुँदा उनलाई आफैले गठन गरेको समिती र वक्तव्य अहिले भारी परेको जानकार बताउछन् ।

उसो त कर्णालीको नाममा राजनिती गर्ने मेयर एक्ला भने होइनन् , गएको पुस पहिलो हप्ता तामझामका साथ समिति गठन गरेर बाँके, बर्दियालाई कर्णालीमा मिसाई छाडने अठोट लिएका संघर्ष समितिको संयोजकमा मेयर राणा, उपमेयर उमा थापा, नेकपाका नेता रत्न खत्री, कांग्रेसका सुधांशु कोइराला, राप्रपाका ऋषि देवकोटा, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, वारका अध्यक्ष विकास आचार्य, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, पूर्वकेन्द्रीय सदस्य झलक गैरे, होटल व्यवसायी बाँकेका अध्यक्ष भीम कँडेल, वडाध्यक्षहरु प्रमोद रिजाल, सुनिलसिंह हमाल थिए ।

यसैगरी सफिक बेहना, नेताहरु निजामुद्दिन सिद्धिकी, कौशल धोवी, विनोद कर्ण र अशोक श्रेष्ठ छन् ।

बाँकेको कर्णाली प्रदेश जानका लागि आन्दोलित संघर्ष समिति यतिबेला तैचुप मैचुपको अवस्थामा देखिएको छ ।

सरकारले भालुवाङलाई राजधानी प्रस्ताव गरेपछि उक्त समितिका संयोजक नेपालगन्ज उपमहनागरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा लगायतको टोली प्रतिक्रिया बिहिन भनेका छन , उक्त समितिले अहिलेसम्म पनि कुनै प्रतिक्रिया दिएका छैन् ।

प्रतिक्रिया