निरीह बाँके-बर्दिया : तुहियो कर्णाली सपना

रामु ओली / नेपालगन्ज : करिबकरिब दुई बर्ष अगाडी देखि बाँके-बर्दियाले देखेको सपना सम्भवत तुहिने निश्चित जस्तै भएको छ ।

बाँके-बर्दिया कर्णालीमा मिसिने, बाँके-बर्दिया सहितको समृद्ध कर्णाली प्रदेश बनाउने र नेपालगन्जले मात्रै होइन बाँके-बर्दियाले आफ्नो गुमाएको शाख र व्यापार अनि उठेका कार्यालय फिर्ता गर्ने सपना सम्भवत तुहिए जस्तै भएको छ ।

दाङको राप्ती, गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्र र चर्चेको राप्ती नदी किनारको देउखुरीलाई प्रस्तावित लुम्बिनी प्रदेशको स्थायी राजधानी राख्न प्रस्ताव गरिए संगै बुटवलमा आन्दोलनको सुरुवात भैसकेको छ तर यता बाँकेका प्रतिनिधित्व गर्ने सांसद तथा जिल्लाका नेताहरुले एक पछि अर्को गर्दै दाङ राजधानीमा आफ्नो समर्थन जनाउदै गए पछि कर्णाली सपना तुहिएको हो ।

बाँके-बर्दियाको जनतामा कर्णाली प्रती झुकाव छ, एककिसिमको अपनत्व छ, रितिरिवाज र घरबासको हिसाबले कर्णाली र बाँके-बर्दियाको आफ्नै भावनात्मक नाता छ जसले गर्दा बाँके-बर्दिया कर्णालीमा जाने कुरा उठे संगै बाँके-बर्दियाबासिमा कर्णाली फिभर सुरु भएको थियो ।

त्यसैमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले कर्णालीमा जानको लागि आन्दोलन गर्न परे पनिब्त्यो गर्ने र त्यसको नेतृत्व आफुले लिमे भन्दै विभिन्न मौका र औपचारिक कार्यक्रममै भनिदिदा बाँके-बर्दियाबासिमा कर्णाली मोह झनै प्रगाढ बनेको थियो ।

मेयरको त्यही उद्घोष र पछिल्लोपटक गत पुष महिनामा संघर्ष समिती समेत गठन गरियो । समितिमा सबै दलका नेता, ब्यापारी, नागरिक समाजमा ब्यक्तिहरु, पत्रकार र अन्य पेशगत ब्यक्तिहरु समेत सामेल हुँदा बाँके-बर्दियामा कर्णाली सपना मौलाएको थियो ।

तर बाँके-बर्दियाको कर्णाली सपना भने लामो समय टिक्न सकेन, त्यो समयमा कर्णालीकै पक्षधर मानिनेहरु र कर्णालीमै जानुपर्छ भन्नेहरु समेत खुलेर दाङ राजधानी हुँदा स्वागत गर्दै सामाजिक संजालमा पोखिदा कर्णाली सपना तुहिएको हो ।

बाँके बर्दियामा गतिलो नेता र अडान लिन सक्ने पहुँच भएको नेताको कमिले गर्दा बाँके-बर्दियाले आफ्नो अस्तित्व गुमाइ सकेको अवस्थामा एउअता नयाँ पलाएको आशा समेत गुमाएको छ । कर्णाली प्रदेशमा जानुपर्छ भन्ने मान्यता राख्नेहरुको बुझाइमा यो कदम नेताहरूको बिठ्याई रहेको बताउदै आएका छन् ।

जनताको भावना संग खेल्दै आएका बाँके-बर्दियाका नेताहरूले पुनः एकपटक बाँके-बर्दियाबासीलाई कर्णालीको सपना बाडेर दाङमा रमाउदा कर्णाली सपना तुहिएको हो ।

प्रतिक्रिया