बिहानै बाँकेमा कोरोना संक्रमित २९ बर्षिया महिलाको मृत्यु

नेपालगन्ज : बाँकेमा २९ बर्षिया कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ ।

कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनको उपचार कोहलपुर स्थित मेडिकल कलेजमा उपचारका भइरहेको थियो ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले दिएको रिपोर्ट अनुसार, ती महिलाको आज आइतबार विहान ७ बजे कोरोनाबाट मृत्यु हुन पुगेको छ । उनी महेन्द्रनगर निवासी हुन् ।

गर्भवती पश्चात रक्तश्राव बढी भएपछि उनलाई कोहलपुर मेडकल कलेजमा भर्ना गरीएको थियो ।  सामान्य तरिकाले गर्भवती भए पनि उनको रक्तस्राव धेरै भएको सेती अस्पतालको रिपोर्टमा उल्लेख भएको बताइएको छ । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया