नेपालगन्ज : बाँकेका १८ जना कोरोना संक्रमित आज डिस्चार्ज हुने भएका छन् ।
१८ जना कोरोना संक्रमितहरु १४ दिन आइसोलेसनको बसाई पछि आज डिस्चार्ज हुन लागेको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जनाएका छन् ।
यो संगै बाँकेमा कोरोना निको भएर घर जनाएको संख्या १६ सय २ पुगेका छन् भने जिल्लामा हालसम्म २ हजार ३६ कोरोना पोजेटिभ केस देखा परेको छ ।
७८ दशमलब ६८ प्रतिशत रिकभरी दर रहेको बाँकेमा हालका दिनमा मृत्युदर भने बढेको देखिन्छ । बाँकेमा हालसम्म २० जनाको मृत्यु भैसकेको छ ।












