खजुरामा अव्यवस्थित फोहोर

खजुरा : बाँकेका शहरहरु नेपालगन्ज, कोहलपुर पछि खजुरा ठुला शहरमा गनिन्छ । खजुराको इतिहास हेर्ने हो भने कोहलपुर भन्दा खजुरा पुरानो स्थापना भएको शहर हो । अहिले खजुरा बजार बाट निस्किएका फोहोरहरु व्यवस्थीत हुन सकेका छैनन ।

बजारबाट निस्किएका फोहरहरुलाई सडकको किनारमै फालिने गरिएको छ । जसले गर्दा खजुराको सुन्दरतालाई नै कुरुप बनाउदै लगेको छ । गाउँपालिकाले दिर्घकालिन रुपमा फोहोर फाल्ने स्थानको सुनिश्चितता नगरेसम्म अहिलेको समस्या झनै बढेर जाने खजुराका भरत जैसिले बताए ।

अहिले फोहोर तरकारी हाट बजार नजिकै फालिने गरेकाले पनि तरकारी खरिद र विक्रि गर्न आउनेहरुलाई दुर्घन्धले बस्न मुस्किल हुने गरेको एक उपभोक्ताले बताए ।

अव्यवस्थित रुपमा फालिदै आइएको फोहोरलाई तत्काल उचित व्यवस्थापन गर्न तर्फ गाउँपालिकाले ध्यान दिन आवश्यक रहेको स्थानिय जैसिले बताए ।

प्रतिक्रिया