फुड बैंकलाई मेयर राणाले गरे ५० हजार सहयोग

नेपालगन्जमा सञ्चालीत फुड बैंकलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले ५० हजार सहयोग गरेका छन् ।

गैसस महासँघ बाँके शाखाको हलमा आज एक कार्यक्रमका बिच प्रमुख डा. राणाले नगरपालिकाबाट पाउदै आएको पारिश्रमिक बापतको रकम वाट रु. ५० हजारको चेक हस्तान्तरण गरेका हुन ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख डा. राणाले फुड बैंक संचालन समिति संयोजक नमस्कार शाहलाई सो चेक हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राणाले सहयोग रकम थोरै भएपनि यसले फुड बैंक संचालनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

उनले अर्कोलाई सहयोग गर्ने कुरा अन्तर आत्माबाट गरिने पवित्र सेवा भएको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । उनले नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका भोका नगरबासिहरुलाई खाद्यान्न दिने पबित्र अभियानमा आफ्नो पूर्ण सहयोग रहने बताए ।

फुड बैंक संचालन समिति संयोजक नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा ब्यवसायि विजय गुप्ताले पबित्र उद्धेश्यले सञ्चालन गरिएको फुड बैंकमा सबैको साथ पाईने विश्वास ब्यक्त गरे । उनले फुड बैंक संचालन तथा ब्यवस्थापनमा आफु प्रतिबद्ध रहेको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासँघ बाँके शाखाका सल्लाहकार रबिन्द्र कर्णले फुड बैंकले एक छाक खान नपाएका ब्यक्तिहरुलाई सहयोग गरेकोमा खुसी ब्यक्त गरे । फुड बैंक संचालन समितिका सदस्य तथा बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत गैसस महासँघ बाँके शाखाका सदस्य मैमुना सिद्धिकिले गरेका थिए ।

हुनेले दिऔं नहुनेले लैजाऔं भन्ने मुल नाराका साथ नेपालगन्ज स्थित गैर सरकारी संस्था महासँघको हलमा बासको ब्यवस्थापनमा हप्ताको एक दिन बुधबार तथा रोटरी क्लब अफ नेपालगन्जको ब्यवस्थापनमा कारकादोमा बिहिबार फुड बैंक मार्फत खाद्यान्न वितरण हुदै आएको छ । हाल सम्म गैसस महासँघबाट ७१५ बढीलाई खाद्यान्न बितरण भईसकेको छ भने कारकादो मार्फत ५६७ जनालाई खाद्यान्न बितरण भईसकेको छ ।

यसैबिच नेपालगन्जमा फुड बैंक सञ्चालन तथा दिगो ब्यवस्थापनमा सहयोग पु¥याए बापत नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणालाई सम्मान गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा फुड बैंक संचालन समितिका संयोजक नमस्कार शाह, सह संयोजक बिनोद कर्ण, गैसस महासँघका सल्लाहकार रबिन्द्र कर्ण, ब्यवसायि बिजय गुप्ता लगायतले प्रमुख राणालाई दोसल्ला तथा सम्मान पत्र मार्फत सम्मान गरेका थिए ।

यसैगरी आज नै नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा कार्यरत भावना सापकोटाले फुड बैंकलाई ब्यक्तिगत रुपमा खाद्य सामाग्रि सहयोग गरेकी छिन् । फुड बैकलाई ५० किलो चामल, १० लिटर तेल, ५ किलो दाल, ५ किलो चना र १५ वटा साबुक सहयोग गरेकी हुन ।

प्रतिक्रिया