नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण फैलने र त्यसको असरले व्यापकता लिदै गर्दा निको भएर घर फर्कनेहरुले केहि मात्रामा मनोबल बढाएको छ । आज मात्रै बाँकेका ४८ जना कोरोना संक्रमितहरु कोरोनालाई जितेर डिस्चार्ज हुदैछन् ।
संक्रमण फैलिएर जिल्लामा एक किसिमको त्रास जनमानसमा परिरहेको समयमा कोरोना निको हुँदो रहेछ भन्ने खबरले धेरैलाई सुशि बनाउने गरेको छ । आज २० महिला र २८ जना पुरुषले कोरोना जितेर खुसिका साथ घर फर्कन लागेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
बाँकेमा कोरोना निको हुने दर ८० दशमलव ४९ प्रतिशत रहेको छ । हालसम्म २०५० जना कोरोनाका विरामि रहेकोमा १६५० ले कोरोनालाई जितिसकेका छन ।












