बाँकेमा आज ४८ जना संक्रमित डिस्चार्ज हुँदै

नेपालगन्ज : बाँकेका ४८ कोरोना संक्रमित निको भएर आज घर फर्किने भएका छन् । बाँकेको विभिन्न आइसोलेसनमा बस्दै आएका ४८ कोरोना संक्रमित १४ दिने आइसोलेसन बसाइ पछि आज घर फर्किन लागेका हुन् ।

जिल्ला कोभिड १९ ब्यवस्थापन समिती बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार आज बाँकेका ४८ जना डिस्चार्ज हुँदै छन् , यो संगै जिल्लामा १६ सय ५० जना कोरोना संक्रमण बाअत मुख भएका छन् ।

बाँकेमा लगातार रुपमा कोरोना संक्रमणको दर उच्च हुँदै गएको बेला मृत्युु हुनेको संख्या समेतमा वृद्धि हुँदै गएको छ । तर कोरोना निको भएर घर फर्कनेको संख्या समेत उल्लेख रहेको जिल्ला कोभिड १९ ब्यवस्थापन समिती बाँकेको आकडाले देखाउदछ ।

जिल्लामा हाल सम्म २ हजार ५० कोरोना संक्रमीत केस देखा परेको छ भने मृत्युु हुनेको संख्या २० पुगेको छ ।

प्रतिक्रिया