नेपालगन्ज :

आफ्नो जन्मदिन मनाउँदा मानिसहरुले होटलमा गएर खानपिन, नाचगान गरेर मनाउने परम्परा अहिलेको होइन तर बर्दिया भुरीगाउँका एक युवकले आफ्नो जन्मदिनमा छाेराकाे रु ५ लाखको जीवन बीमा गरेर मनाएका छन् ।
ठाकुरबाबा नगरपालिका – ७, बर्दिया निवासी छबिलाल लम्सालले आफ्नो २६ औं जन्मदिनमा आफ्नै २ महिनाको छोरा सक्षम लम्सालको बीमा गरिदिएका हुन् ।
आफ्नो जन्मदिनमा बर्दियाकाे भुरीगाउँस्थित सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उप शाखामा उक्त बीमा गरेका थिए ।
फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा बीमा गरेर सुरक्षित गर्नुका साथै भवितव्यलाई पनि बीमाले समेट्ने हुदा उक्त बीमा गरेको लम्सालले बताए ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्जका शाखा प्रबन्धक कमल शाहीले उहाँ आफै कार्यालयमा आएर जन्मदिन विशेष गराउन मेरो छोराको जीवन बीमा गराउनु पर्यो भनेर बीमा गरेको प्रबन्धक शाहीले बताउनुभयो ।










