अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा संलग्न एक चिकित्सकले आइतबार कोरोना संक्रमित ट्रम्पको उपचारमा ‘डेक्सामेथासोन’ औषधि प्रयोग भइरहेको जानकारी दिएका थिए।
ट्रम्पको उपचारमा संल्गन डाक्टर सिन कोन्लीले चिकित्सकहरूको समूहले राष्ट्रपति ट्रम्पलाई डेक्सामेथासोन दिने निर्णय गरेको बताएका थिए।
विज्ञहरुले यसै विषयलाई आधार मानेर ट्रम्पको अवस्थाबारे विभिन्न अनुमान लगाइरहेका छन्।
उक्त औषधी अस्पताल भर्ना भएका कोभिड–१९ का गम्भीर बिरामीको स्वास्थ्यमा सुधार ल्याउन दिने गरिएको अमेरिकाको द नेस्नल इन्स्टिट्युट अफ हेल्थले जनाएको छ।
यसबीचमा अमेरिकी चिकित्सकहरुले नै ट्रम्पको स्वास्थ्य अवस्था बिग्रँदै गएको हुनसक्ने बताइरहेका छन्। उनीहरुका अनुसार गम्भीर बिरामी नभएका व्यक्तिलाई यो औषधि प्रयोग गरिँदैन।
यसअघि डाक्टर कोन्लीले ट्रम्पको शरीरमा दुईपटक अक्सिजनको अभाव भएको पनि बताएका थिए। सीएनएन











