बाँके प्रहरी एक्सनमा : फरार धमाधम पक्राउ पर्दै

बाँकेमा एसपी ओम राना आएपछि अपराधका मुद्धामा लामो समयसम्म फरार भएकाहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । एसपी रानाले पुराना फाइल खोल्दै अनुसन्धान सुरु गरेपछि अपराध गरेर फरार भएकाहरु प्रहरीको फन्दामा पर्न थालेका हुन् ।

लामो समय देखि फरारको सूचिमा रहेकाहरु एसपी राना आउनुभन्दा पहिला गाउँघरमा गुम्दै आएका थिए । तर अहिले पनि उनीहरुलाई घरैबाट प्रहरीले उठाउन थालेको छ । एसपी रानाले अपराधकर्ममा लागेकाहरु कोही पनि प्रहरीबाट जोगिन नसक्ने बताउँदै आएका छन् ।

यसैक्रममा कर्तव्य ज्यान  मुद्दामा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ७ वर्षपछि पक्राउ गरेको छ । खजुरा गाउपालिका वडा नं। ६ मा बस्ने २८ वर्षिय बब्लु बेहना भनिने रहमत अलि बेहनालाई जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलिले बेहनाको घरबाटै पक्राउ गरेको जनाएको हो ।

गत २०७० असोज १ गते साविक उढरापुर गाविस वडा नं। ९ निबासी राम भरोसे चमारका २० बर्षि छोरा गोलु चमारको हत्याको संलग्न बेहनालाई बाँके प्रहरीले ७ बर्ष पछि प्रकाउ गरेको प्रहरी उपरिक्षक रानाले जानकारी दिए ।

हत्यामा संलग्न ५ जना मध्ये साविक उढरापुर गाविस वडा नं। ९ का विधिया यादव तत्काल प्रकाउ परी हाल कारागारमा छन्, यस्तै सोहि ठाँउ निवासी राजेस पासी केहि समयपछि पक्राउ परि हाल पुर्पक्षमा थुनामा छन् भने, सोहि ठाँउ निवासी नुर हासन खाँ र पेलरु वेहना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक रानाले जानकारी दिए ।

गोलु चमारको हत्या २०७५ भदौ १ गते भन्दा पहिला भएको हुनाले बेहनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार सजाय हुने समेत उपरिक्षक रानाले बताए । रानाले आर्थिक वर्षको असारदेखि असोजसम्म ३ सय ६१ जना फरार रहेका प्रतिबादी नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार बाँके प्रहरीले अदालतबाट फैसला भएका ३ सय १५ जना मुलतबिमा रहेका २३ जना र चालु मुद्दामा फरार रहेका २३ जना गरी ३ सय ६१ जनालाई नियन्णमा लिएको हो ।  जिल्लामा २ हजार ३ सय ५८ फरार रहदा असार यताको चार महिनामा ३ सय ६१ मात्रै नियन्त्रणमा लिन बाँके प्रहरी सफल भएको छ ।

प्रहरी उपरीक्षक रानाका अनुसार बाँकेमा हालसम्म प्रहरीले नियन्त्रणमा लिएकाहरु ३ सय ६१ जना मध्येबाट ११ लाख ६८ हजार ५ सय ८६ रुपैया जरिवाना र ९८ बर्ष २ महिना २० दिन कैद असुल हुने छ । बाँकेमा फैसला भई फरार रहेका २ हजार २ सय १० जना र प्रहरीमा मद्दा दर्ताभई फरार रहेका १ सय ४८ जना गरी २ हजार ३ सय ५८ जना अपराधी फरार रहेको तथ्याङ्

प्रतिक्रिया