कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको तीन दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट आफ्नै निवास ह्वाइट हाउसमै फर्किएका छन् । अस्पतालबाट डस्चार्ज भए पनि उनको ह्वाइट हाउसमै कोडिभको उपचार जारी रहनेछ ।
वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बताए । डिस्चार्ज हुनुअघि ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’
ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । गत शुक्रबार कोरोना पोजिटिभ देखिएपछि ट्रम्प वाल्टर रीड मेडिकल सेन्टर भर्ना भएका थिए ।











