अनेरास्ववियु बाँकेको गठन प्रक्रिया विवादमा

नेपालगन्ज : तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबिच एकीकरण भएको लामो समयस पछि अनेरास्ववियू बाँके सोमबार कमिटीलाई पूर्णता दिएको छ ।

सोमबार अनेरास्ववियु बाँकेले एक बिज्ञप्ति जारी गर्दै जिल्लाका सम्पुर्ण कमिटीलाई पूर्णता दिएको जनाएको थियो । सो संगै बाँकेमा केही समुह तथा अनेरास्ववियुकै माथिल्लो तहका नेताहरुले सो को बिरोध गर्दै आफुहरुलाई मान्य नहुने बताएका छन् ।

तत्कालीन अनेरास्ववियुका बाँके अध्यक्ष समेत रहेका अनेरास्ववियुका केन्द्रिय सदस्य मोहित शाहले सो नव गठिम जिल्ला कमिटि गठन प्रती आपत्ति जनाउदै विधि बिधान र केन्द्रिय सर्कुलरलाई लत्याएको भन्दै आफ्नो सामाजिक संजालमा आपत्ती जनाएका छन् ।

शाहले अगाडी लेखेका छन् – ‘विधि विधान र केन्द्रिय सर्कुलर लाई लत्याएर पार्टी फ्याक्सन इन्चार्ज र भूगोलका केन्द्रिय सदस्यहरु संग सल्लाह नगरेर बनाइएको बाँके जिल्ला कमिटी हामिलाई अस्वीकार्य छ।’

त्यस्तै तत्कालीन अनेरास्ववियु बाँकेका जिल्ला कमिटी सदस्य समेत रहेका बाकेका बिद्यार्थी नेता प्रकाशमान सिंह समेतले एकतर्फी रुपमा विधि र बिधानलाई लत्याएर गठन गरिएको जिल्ला कमिटी आफुहरुलाई मान्य नहुने बताएका छन् ।

प्रतिक्रिया