मेडिकल कलेजका सहायक निर्देशक कनोडियालाई कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक नितेश कनोडियालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सहायक निर्देशक कनोडियाले असोज २० गते पिसिआर परिक्षण गर्दा संक्रमण देखिएको जनाएका छन् ।

सहायक निर्देशक कनोडियाको स्वास्थ्य समान्य रहेको उनले बताएका छन् भने हाल उनी होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

उनले आफू कोरोना संक्रमित भएको आफ्नो सामाजिक संजालबाट जानकारी दिदै पछिल्ला दिनहरुमा सम्पर्कमा रहनु भएका महानुभाबहरुलाई सजगता अपनाउन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया