अनेरास्ववियु बाँकेको संयोजकमा शाह र सह-संयोजकमा मल्ल

नेपालगन्ज :

सह संयोजकमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियू केन्द्रीय कमिटिले जिल्ला कमिटी बिस्तार गर्ने क्रममा बाँकेको संयोजकमा सुरेन्द्र जङ्ग शाह (जम्वो) र सह संयोजकमा टेकेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ ।

पूर्व अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच एकता प्रक्रिया तिव्र गतिमा केन्द्रीय कमिटीले गरेको छ ।

आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयले घोषणा गरे पश्चात् संगठनलाई पूर्व सहमति अनुसार केन्द्रीय कमिटीले प्रत्येक जिल्लाहरुमा संयोजक र सह संयोजक मनोनयन गरेको हो ।

प्रतिक्रिया