खजुरामा किसानले पालेको बाख्रामा पिपिआर रोगको खोप दिइयो

नेपालगन्ज : खजुरामा बाख्रामा पिपिआर रोगको संक्रमण फैलिएपछि खोप दिइएको छ । खजुरा ३ का मनकामना र धवलागिरीका १५ घरका दुई सय बाख्राहरुमा पिपिआर खोप दिइएको हो ।

बाख्रामा पिपिआर रोगको संक्रमण देखिएपछि बिरामी हुने र केहि मर्न थालेपछि संक्रमण थप फैलन नदिन फैलिसकेको स्थान वरिपरि पिपिआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले बताइन ।

संक्रमण फैलिएको क्षेत्रमा प्राविधिक खटिएर खोप दिइएको कार्यालय प्रमुख अधिकारीले बताइन । बाख्रामा पिपिआर संक्रमण देखिएपछि किसानहरु त्रसित भएका थिए ।

प्रतिक्रिया