जापान : जापानमा पहिलो पटक नेपाली समुदायमा स्नुकर च्याम्पियन कार्यक्रम आयोजना हुने भएको छ ।
बाँके बर्दिया मैत्री समाज जापानको आयोजक र स्नुकर लन्ज ८८४८ क्याफे सिनओकुबो जापान सह आयोजक रहेको स्नुकर च्याम्पियनको संयोजक प्रशान्त तामाङ रहेका छन् ।
स्पोर्ट्स फर ब्रदर्सहुड नाम दिएको नेपाली समुदायमा पहिलो नेपाल जापान स्नुकर च्याम्पियन नोभेम्बर १४ र १५ मा हुने कार्यक्रमका संयोजक प्रशान्त तामाङले बताएका छन् ।
जापानको सिनओकुबोमा हुने उक्त स्नुकर च्याम्पियनको पहिलो र दोस्रो हुनेलाई क्रमशः एक लाख जापानी यन र पचास हजार जापानी यन प्रदान गरिने छ ।

स्नुकर च्याम्पियन कार्यक्रमको सदस्यहरुमा बिनोद ओली,सन्तोष पाण्डे, लोकेन्द्र जंग कुँवर, दिब्य धौगोडा, रेशम केसी,सरद पुन रहेका छन् । यो कार्यक्रमलाई काभ्रेली समाज जापानले सहयोग गरेको छ भने भेन गाउँले रेस्टुरेन्ट सिनओकुबो र शाही डाइनिङ्ग बार ओगिकुबो प्रयोजक रहने बाँके बर्दिया मैत्री समाज जापानका कार्यवाहक अध्यक्ष अर्जुन थापाले बताए ।
जापानमा अध्यन र रोजगारी गर्ने बाँके-बर्दियाबसीको संगठन बाँके बर्दिया मैत्री समाज जापानले यस अघि नै बागेश्वरी गोल्ड कपको सफल सुरुवात जापानमा गरि सकेको छ ।
जापानमा रहेर पनि बाँके बर्दियाको बिकास र दुखमा सहयोग गर्दै आएको बाँके बर्दिया मैत्री समाज जापानले जापानमा रहेका बाँके बर्दियाबासीको लागी स्थापनाकाल देखि नै सहयोग गर्दै आएको र आउने दिनमा पनि यस्ता गतिविधि र सहयोग गर्दै जाने बाँके बर्दिया मैत्री समाज जापानका अध्यक्ष सुशील मल्लले बताए छ ।











