नेपालगन्जमा सांकेतिक बिरोध: नराम्रो हाम्रो लुगा कि तिम्रो सोच ? (फोटो)

नेपालगन्ज : नेपालगन्जका सम्पूर्ण लियो क्लबहरू संयुक्तको आयोजनामा ‘ब’लात्कार विरुद्ध साङ्केतिक विरोध प्रदर्शन’ कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

नेपालगन्जको पुष्पलाल चोक र धम्बोझी चोकमा लियो क्लबका युवाहरुले हातला प्लेकार्ड बोकेर सांकेतिक रुपमा बिरोध जनाएका हुन् ।

सरकार कहिलेसम्म आँखा मा पट्टि बाध्छस, नराम्रो हाम्रो लुगा कि तिम्रो सोच,छोरी भएर जन्मनु नै मेरो ठूलो गल्ती हो ?, कसरी हर्न सक्छौ यसरि ब’लात्कार के तिमिले बिर्सेउ र तिहारको आशिर्वाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले सरकार र बलात्कार बिरुद्ध सांकेतिक रुपमा बिरोध प्रदर्शन गरेका थिए ।

हेर्नुस् केहि तस्वीर

प्रतिक्रिया