नेपालगन्ज : कोरोना कहरको सुरुवाती दिन थियो, कोरोनाले कस्तो रुप लिने हो आकलन गर्न सक्ने स्थिति थिएन । देश संगै बाँके जिल्ला लकडाउनमा थियो अनि बजारमा स्वास्थ्य सामाग्री (मास्क, सेनिटाइजर) को कालोबजारी मौलाइ रहेको थियो ।
त्यस्तोमा आफ्नो वडाबासीलाई कोरोनाको कहर देखि बचाउन माक्स वितरण गर्ने योजना बुन्दा राप्तीसोनरी गाउँपालिका वडा नम्बर दुइका सदस्य समेत रहेका बाँकेका युवा नेता ज्ञानु ओलीको सामु थुप्रै चुनौती थिए ।
सम्पुर्ण वडाबासीलाई घर घर सम्म मास्क वितरण गर्नु, त्यसको लागि चाहेको स्रोतको जोहो गर्नु संगै महामारीको समयमा वडाबासीलाई कोरोना संक्रमणबाट कसरी जोगिने र त्यसबाट बच्न सुरक्षाका उपाय सम्झाउनु अझै ठूलो चुनौती थियो ।

सबै घर भित्र थुनिएर आफू सुरक्षित हुने उपाय खोजिरहेका बेला युवा नेता ओलिले आफू स्वयम नै घर घर पुग्ने योजना बुने र वडा अध्यक्ष र अन्य गाउँका केही युवाहरुलाई लिएर हरेक घरमा पुग्ने निर्णय गरे ।
नेपालगन्ज लगायत अन्य स्थानबाट महँगो मै भए पनि माक्स र साबुन खरिद गरे, हप्ता दिन लगाएर वडा नम्बर दुइको हरेक दैलोमा पुग्दै मास्क र साबुन बाड्दै सचेतता फैलाए , आफ्नै गाउँका बा-आमा, दिदी-दाइ र भाइ-बहिनिलाई जनप्रतिनिधिको मात्रै होइन छोरा दाइ वा भाइको दायित्व समेत पूरा गरेका बाँकेका युवा नेता, जनप्रतिनिधि तथा सेवाभाव राख्ने समाजसेवी युवा नेता ज्ञानु ओली स्वयं अहिले कोरोना संक्रमण भएका छन् ।
पिसिआर चेकजाँचको क्रममा हिजो कोरोना संक्रमण पुष्टि भएका युवा नेता ओलिले आफ्नो स्वास्थ्य सामान्य रहेको र आफू होम आइसोलेसनमा बसेको जानकारी आफ्नो सामाजिक संजालमा लेख्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र घरमा बस्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणको सुरुवाती समय देखै नै सम्पुर्ण वडाबासीलाई कोरोना संक्रमणबाट बच्नु पर्छ भनेर कोरोना संक्रमणको सुरुवाती दिन देखी नै जनताको सेवा र सुरक्षाको लागी खटिदै आएका ओलीले त्यसपछिको समयमा वडाबासीमा परेको आर्थिक संकट परेको वडाबासीलाई विभिन्न समयमा खाद्यान्न सहयोग गरेका थिए ।
ओलिले कोरोना कहरको सुरुवाती दिनमा १० हजार बढी मास्क र साबुन वितरण गरेका थिए भने कचनापुर हर्दवामा खाद्यान्न वितरण समेत गरेका थिए । अरुका दुखमा सधै सहयोगी बन्ने युवा नेता ओलिको सिघ्र स्वास्थ्यको कामना ।



भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला !
https://m.facebook.com/story.php?story_fbid=2834144163318359&id=763642347035228











