बालिकालाई अनिवार्य विद्यालय पठाउन निर्देशन, अभिभावकलाई म सम्झाउछु –कक्षपति

नेपालगन्ज – जन जागरण समाज बाँकेले गरेका कामको सरोकारवालाहरुद्धारा अनुगमन गरिएको छ । समाजले हाल बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा मदेशि, मुस्लिम तथा अल्पसङख्यक समुदायमा विभिन्न कार्यक्रमहरु सन्चालन गर्दे आएकोमा यसको प्रभावकारीका बारेमा सरोकारवालाहरुले अनुगमन गरेका हुन । समाजलाई सहयोग सहकार्य गर्ने फेल्म नेपाल, सस्थागत विकास सन्जाल ललितपुर र खजुरा र जानकी गाउँपालिकाका अध्यक्ष, प्रशासकिय अधिकृत, महिला शाखा प्रमुख, लगाएतका प्रतिनिधिहरुले फिल्डमै गएर लाभान्भित समुदायसगं अन्तरक्रिया गरेका हुन ।

अनुगमनको क्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले विशेषत मदेशि मुस्लिम बालिकाको शिक्षामा गाउँपालिका सम्वेदशिल रहेको बताउनुभयो । कक्षपतिले शिक्षाको क्षेत्रमा जनजागरण समाजले उल्लेख्य रुपमा काम गरेर देखाएको भन्दै घरको आर्थिक स्थिती कमजोर भएर आफ्नो पढाई अगाडि बढाउन नसकेका बालिकाहरुलाई जन जागरण समाजसगं सहकार्य गरि स्थानिय विद्यालयमा बढ्ने बाताबरण बनाउने काम भैरहेको प्रतिक्रिया दिए ।

कक्षपतिले सबै आफ्ना बालिकाहरुलाई विद्यालय पढ्न पठाउन निर्देशन दिए । पढ्न नपठाउने अभिभावकको घरमा आफै गएर सम्झाउने र बालिकालाई विद्यालयमा पठाउन बतावरण सिर्जना गर्ने तर्फ भुमिका खेल्ने कक्षपतिले बताए । अनुगमनमा फेल्म नेपालका विरेन्द्र दासले पढाई विचमै छाड्नु पर्ने बातावरण सिर्जना हुन नदिन स्थानिय सरकारले ध्यान दिन पर्नेमा जोड दिए । सस्थागत विकास सन्जालका बालकृष्ण महर्जनले कुनै पनि बाहानामा बालिकाहरुलाई पढाईबाट बन्चित गर्न नहुने बताए ।

खजुरा र जानकीका मदेशि मुस्लिम तथा अल्पसङख्यक आर्थिक स्थिती कमजोर भएका बालिकाहरुलाई जन जागरण समाजले छात्रवृद्धि प्रदान गरेसगै उनिहरुको क्षमता अभिवृद्धिका लागी विभिन्न तालिम पनि सन्चालन गर्दे आएको छ । जन जागरण समाज मार्फत छात्रवृद्धि पाएर पढिरहेका बालिकाहरुले थप सिप सिक्न रुचि राखेका छन । बालिकाहरुले पढाई सगै सिप सिक्न चाहेकाले सम्बन्धित निकायले पहल गरिदिन अनुरोध गरेका थिए ।

पछिल्ला दिनमा छोरीहरुलाई विद्यालयमा पढाउन पठाउने क्रम बढेको बताउदै जन जागरण समाज खजुराका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले अझै पनि केहि परिवारले आर्थिक भन्दा पनि छोरिहरु ठुला हुदै गए भनेर पढाउन नपठाउने समस्या रहेको बताए ।

जन जागरण समाजका व्यवस्थापक पुनले अभिभावकहरुलाई शिक्षा दिन पर्नेमा जोड दिनुभयो । सरोकारवालाहरुलाई विद्यार्थि सोनिका खातुनले छोरिलाई अझैपनि पराइको घरमा जाने जात भनेर शिक्षामा लगानि नगर्ने गरेको बास्तविकता सुनाइन । विद्यार्थि खातुनले भनिन्, ‘म जस्तै अरु बहिनीहरु प्ढेको हेर्ने चाहना छ ।’ उनले केटाहरुलाई मात्र किन पढाउने केटिहरुलाई किन नपढाउने ? भन्दै अविभावकहरुलाई प्रश्न गरिन् ।

प्रतिक्रिया