बाँकेमा अनेक बहानामा गरिएको भिडभाडले कोरोना जोखिम बढाउदै

नेपालगन्ज : बाँकेको अहिलेको कोरोना संक्रमणको अवस्था हेर्दा डरलाग्दो छ, जिल्ला कोभिड १९ ब्यवस्थापन समितीले दिएको आकडा अनुसार जिल्लामा २४ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने जिल्ला भित्र मात्रै २६ जनाको मृत्यु भएको छ ।

हप्ता दिन यताको कोरोना संक्रमणको दर हेर्ने हो भने ५० भन्दा माथी दैनिक पोजेटिभ केसहरु देखा परेका छन र कोरोना संक्रमित मृत्युको सिलसिला रोकिएको छैन ।

यस्तोमा कोरोना नियन्त्रणमा बाँकेबासि उदासिन मात्रै होइन अझै लापरबाही गरिरहेको अवस्थामा सकारात्मक भुमिका निर्वाह गर्ने राजनैतिक दल, सामाजिक अभियन्ता र विभिन्न सामाजिक संस्था स्वयमले विभिन्न बहानामा मानिसहरू जम्मा गर्ने र भिडभाड गरेको दृश्य दैनिक जसो देखिदै आएका छन् ।

माथिका तस्वीरहरु केही राजनैतिक दल र सामाजिक अभियन्ताका कार्यक्रम तथा बिरोध कार्यक्रमका हुन् , र यी तस्वीर प्रतिनिधि मात्रै हुन। त्यस्ता कार्यक्रम तथा बिरोध कार्यक्रमले समाजलाई कुनै न कुनै तवरले फाइदा दिए पनि अहिलेको कोरोना महामारीलाई भने बढवा दिने भन्दै नागरिक समाजमा बिरोध हुन थालिएको छ ।

बाँकेको विभिन्न राजनैतिक दलले दलगत कार्यक्रम, वडा भेला, दल प्रवेश र प्रशिक्षण जस्ता कार्यक्रमको बहानामा भिडभाडलाई प्रेरित गरेको छ भने सामाजिक अभियन्ताहरुले सरकारको बिरोध र सामाजिक घटनाको बिरोधमा प्रदर्शन गर्दै आएका छन्, सामाजिक दुरि कायम गर्न खोजिए पनि त्यस्ता कार्यक्रमहरुमा सामाजिक दुरि कायम नहुने यथार्थ छदै छ ।

त्यस्तै यता विभिन्न गैरसरकारी संस्थाहरुले पनि आफ्ना कार्यक्रमहरुलाई बिस्तारै होटेल केन्द्रित गर्दै गरेको अवस्थामा कोरोना संक्रमणको खतरा हुने जानकार बताउदै आएका छन् ।

बाँकेमा कोरोना संक्रमण द्रुत रुपमा फैलिएको अवस्थामा सम्बद्ध निकाय, राजनैतिक दल तथा सामाजिक अभियन्ता तथा संघसंगठनले नै यसरी भिडभाडलाई प्रेरित गर्दा कोरोनाको दर अझ बढ्ने खतरा हुने स्वास्थ्य बिज्ञहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया