मेयर राणाद्धारा शौचालय उद्घाटन

नेपालगन्ज :

मेयर राणाद्धारा शौचालय उद्घाटन

नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले धम्बोझीमा स्वंचालित सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् ।

निर्माण भएको लामो समय भैसक्दा पनि सुचारु हुन नसकेको उक्त शौचालयलाई आज एक कार्यक्रमका विच मेयर राणाले रिवन काटेर उद्घाटन गरेका हुन ।

४६ लाख ३६ हजार १ सय ७ रुपैया लागतमा निर्मित सार्वजनिक शौचालय अत्याधुनिक रहेको उप महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य र विकासको लागी नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत एस एन भि संस्थाले निर्माणको लागी सहयोग गरेको थियो ।

प्रतिक्रिया