राष्ट्रिय युवा संघ नेपाल बाँकेले पुर्णता पायो (नामावली)

नेपालगन्ज : लामो समय सम्म पुर्णता प्राप्त गर्न नसकेको राष्ट्रिय युवा संघ नेपाल बाँकेले आज पुर्णता पाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल एकता पश्चात् केन्द्र देखि जिल्ला तहसम्म एकता प्रक्रिया उत्साहजनक तरिकाले सम्पन्न भैरहेको अवस्थामा बाँकेमा पनि यसले पुर्णता पाएको हो ।

साबिक वाइसीएल नेपाल र युवा संघ नेपालको एकता पश्चात बाकेमा ७१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको राष्ट्रिय युवा संघ नेपाल बाँकेले जनाएको छ ।

त्यस्तै संघ बाँकेले स्थानिय तह कमिटिका संयोजक तथा सह संयोजक समेत तोकेको छ, जसनुसार नेपालगन्ज उपमहानगरपालिका संयोजक तथा सह संयोजकमा क्रमशः इमान खान र प्रवीण बिसि, कोहलपुर नगरपालिकाको संयोजक तथा सह संयोजकमा क्रमशः नवकिरण शाह र बिपिन शाही, बैजनाथ गाउँपालिकाको संयोजक तथा सह संयोजकमा क्रमशः अगन मल्ल (अशोक) बिबेक बिक्रम शाह, राप्तिसोनारी गाउँपालिकाको संयोजक तथा सह संयोजकमा क्रमशः सरोज बिक्रम बिष्ट र शेर बहादुर खड्का (सुजल) , खजुरा गाउँपालिकाको संयोजक तथा सह संयोजकमा क्रमशः छबिलाल बिष्ट र बिकास काउचा, डुडुवा गाउँपालिकाको संयोजक तथा सह संयोजकमा क्रमशः रिजवान खाँ र सकिर अलि सहिद, जानकी गाउँपालिकाको संयोजक तथा सह संयोजकमा क्रमशः अशोक भण्डारी र केशब शर्मा र नरैनापुर गाउँपालिकाको संयोजक तथा सह संयोजकमा क्रमशः गुरु बचन र अयुव खाँलाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय युवा संघ बाकेका संयोजक तथा सह संयोजक कुस्माखर बस्याल र आकाश कार्कि रहेको राष्ट्रिय युवा संघ नेपाल बाँकेले निर्वाचन क्षेत्रको संयोजक तथा सह संयोजक समेत तोकेको छ ।
हेर्नुस् लिष्ट

बाँके संयोजक कुस्माखर बस्याल

प्रतिक्रिया