यी किसानले फलाए १ हजार ६६ किलोको फर्सी

नेपालगन्ज : हामिले ५ देखी ६ केजीसम्मको फर्सी देखेका छौ होला । तर एक किसानले सबैभन्दा ठुलो फर्सी फलाएर विश्वलाई नै चकित पारेका छन् । अमेरिकामा एक व्यक्तिले १ हजार ६६ किलोको फर्सी फलाएर पुरस्कार पनि जितेका छन् । 

क्यालिफोर्नियास्थित हाफ मुन बेमा आयोजना भएको फर्सी प्रतियोगितामा मिनोसेटाका ४० वर्षीय बागबानी शिक्षक ट्राभिस गिंगरले १ हजार ६६ किलोको फर्सी फलाएर पुरस्कार जितेका हुन् । उनले उक्त प्रतियोगितामा १६ हजार ४५० डलर जितेका हुन् । उनले आफ्नो घरपछाडी उक्त फर्सी फलाएका हुन् । 

फर्सीलाई ठुलो बनाउन उनले धेरै नै हेरचाह गर्नुपर्यो । उनले एक दिनमै दिनमै १० पटकसम्म पानी हाल्ने र दुई पटक मल हाल्ने गरेको उनले बताएका छन् । उनी गाडीमा बोकेर ३५ घण्टाको यात्रा गरी प्रतियोगितामा पुगेका थिए । 

उनलाई डर थियो की बाटोमा खसेर फर्सी फुट्ने होकी भन्ने । तर उनले सकुसल फर्सी प्रतियोगितामा पुर्याउन सफल भए । उनको फलाएको त्यो फर्सी देखेर सबै हेरेको हेर्यै भएका थिए । 

प्रतियोगितामा उनको फर्सी सर्वोत्कृष्ट बनेको थियो । उनलाई पुरस्कारस्वरुप १६ हजार ४५० डलर प्रदान गरिएको थियो । यो प्रतियोगिताउक्त स्थानमा वर्षैपिच्छे हुने गर्छ । एजेन्सी

प्रतिक्रिया