खजुरामा १४ लाखमा निर्माण भएको नालाको बिचमै बिजुलीको पोल

सामाजिक संजालमा बन्यो ट्रोल


खजुरा : खजुरा गाउँपालिका वडा नम्बर तीन स्थित निर्माण भएको नालिको अहिले सर्वत्र बिरोध भएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर तीन स्थित सिर्जना टोलमा निर्माण सम्पन्न भएको नाली निर्माण गर्दा बिजुलिको पोल बिचमा राखेर नाली निर्माण गरे पछि स्थानियबासीले सो कार्यको बिरोध गर्दै सामाजिक संजालमा ट्रोल समेत गरेका छन् ।

चौध लाख ८२ हजार पाँच सय बीस रुपैयाँ कुल लागतमा निर्माण सम्पन्न गर्ने गरि छिनालाग्ना निर्माण सेवाले ७७ बैशाख १ गते सम्झौता भएको र सो निर्माणकार्य ७७ भदै २५ मा सम्पन्न गरिसक्ने सुचना पाटिमा उल्लेख गरिएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर तीनका स्थानिय तथा युवा नेता उत्सव सिजालि मगरले गाउँपालिकाको उक्त कार्यमा चरम लापरबाही भएको र आर्थिक हिनामिना पजि भएको बताएका छन् ।

सृजना टोलको नाली निर्माणकार्य लापरबाहीपुर्वक बनेको छ । नहरको बिचमा बिजुलिको पोल समेत रहेको अवस्थामा कसरी नहर निर्माण भयो भनेर थाहा पाउन सकिन्छ । गाउँपालिका बासिले यस्तो बिकासबाट कसरी लाभान्वित होलान् ‘ मगरले बताए ।

प्रतिक्रिया