बिना अनुदान १५० भैसी पालन गर्दै डुडुवाका किसान

खगेन्द्र दाहाल, नेपालगन्ज : मुलहे यादवलाई दिनभरी फुर्सद हुदैन । विहान चार बजे देखि राति सम्मै भैसीको स्याहार सुसारमै समय जान्छ । विहान दुध दोएर नजिकैको दुध संकलन केन्द्र सम्म साइकलमा पुरयाउन जानु उनको दैनिकी हो ।

बाँके डुडुवा गाउँपालिका ३ राजाराम पुरुवाको डुडुवा खोलाको किनारमा उनको उनको घर गोठ छ । मुलहेका तिन भाइले १५० बढि भैसी पालन गरेका छन । उनिहरुले अहिलेसम्म कुनैपनि सरकारी अनुदान पाएका छैनन् ।

किसान मुलहेको घर गोढ सम्म सरकारी सेवा पुग्न नसक्दा उनिहरुले भैसी फार्मलाई दर्ता समेत गराएका छैनन् । खोलाको किनारमा खुल्ला किसिमको भैसीलाई बाधेर राख्ने स्थानका रुपमा मात्र गोठ जस्तो बनाएका छन ।

मुलयका जेठो दाई बुधराम र माइलो दाई राम दयाल यादवलाई नेपाली भाषा प्रष्ट बोल्न नआएपनि उनिहरुको भैसी पालन प्रतिको लगाव र भोग्न परेको समस्या सहजै बुझन सकिन्थो । यादव परिवारका तिनै भाइले कति पनि पढेका छैनन् ।

यिनै तिन भाई जसले नदिको किनारमा १५० बटा बढि भैसी बाधेर पालिरहेका छन खोलाको किनारमा यति धेरे भैसि पालन गरेको हामिले सायदै देखेका थियौ होला । कुनैपनि सरकारी अनुदान नपाएका यादव परिवारका लागी सरकारले चासो देखाउनुनै पर्ने हुन्छ । आसा गरौ उनिहरुको गोठ छिटै सुधारिएको हेर्न पाइयोस ।

प्रतिक्रिया