चलचित्र ‘लक्ष्मी पूजा’को ‘फुर फुर पुतली’ सार्वजनिक

यहि कार्तिक ७ गते फूलपातीको दिन रिलिज गरिने चलचित्र ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ । चलचित्रको गीतमा सलोन बस्नेत, रियाशा दाहाल, जयकिशन बस्नेत, अस्मिता जुरेलीलगायत फिचर्ड छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काको सम्पादन रहेको छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई समिर मियाँले निर्देशन गरेका छन भने चलचित्रको निर्माण शोभित बस्नेतले गरेका हुन । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता बस्नेतका अनुसार चलचित्रलाई डिसहोम, म्याक्स डिजिटल र नेट टिभी मार्फत प्रदर्शन गरिने छ । जाहान्वीको शीर्ष भूमिका रहने चलचित्रमा उनि दोहोरो भूमिकामा देखिँदैछिन् । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

प्रतिक्रिया