नेपालगन्ज : कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
लुम्बिनी प्रदेश,भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत रहेको तालिमकेन्द्रले आज एक कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिएको हो ।
कार्यलयका निमित्त प्रमुख अमरराज शर्मा घिमिरेरे सार्वजनिक गरेको वार्षिक कार्यक्रमहरुको कुल बजेट ८ करोड २९ लाख रहेको छ । तालिम केन्द्रका निमित्त प्रमुख घिमिरेका अनुसार आर्थिक वर्ष २०७७÷०७८मा कृषि तथा पशुपंक्षिजन्य उद्योग यन्त्र तथा पुर्वाधार विकास कार्यक्रम अन्तरर्गत आधुनिक प्रविधिका कृषि यन्त्र उपकरण खरिद, अन्तरक्रिया, वगैचा सुधार तथा व्यवस्थापन, मागमा आधारित कृषि बजार पुर्वाधार निर्माण, किसान कल सेन्टर स्थापना, नमुना कृषि प्रविधि प्रदर्शन, कार्यान्वयन भ्रमण लगाएका कार्यक्रम रहेका छन ।
त्यस्तै, युवा लक्षित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरर्गत तालिम केन्द्रले कृषि उद्यमी अनुदान र अनुगमन मुल्याङ्गनको लागी कार्यक्रम तयार पारेको छ । तालिम केन्द्रले कृषि क्षमता अभिवृद्धि तथा सिप विकास तालिम कार्यक्रम पनि प्रदेशका किसानका लागी तयार पारेको जनाएको छ ।
जसमा युवाहरुलाई उद्यमशिलता विकास तालिम दिइने, कृषि यन्त्र मर्मत तथा सन्चालन तालिम प्रदान गरिने, आधारभुत सेवाकालिन तालिम प्रदान गर्ने, कर्मचारीहरुलाई विषयगत तालिम प्रदान गर्ने र प्रचार प्रसारका काम गर्ने, स्मार्ट गाउँका किसानहरुलाई बालि बस्तु सम्बन्धि तालिम प्रदान गर्ने, मागमा आधारित क्षमता बृद्धि तथा सिप विकास तालिम दिइने, गोष्ठी तथा कार्यशाला, स्थानिय सरकार संग समन्वय गरेर क्षमता वृद्धिका अन्तरक्रिया गर्ने, कृषि श्रोत व्यक्तिका लागी टोट तालिम प्रदान गर्ने, तालिम पाठ्यक्रम सामाग्री तयार गर्ने र वितरण गर्ने, ओजेटि परिचालन कार्यक्रम गरिने भएको छ ।
केन्द्रले सार्वजनिक गरेको कार्यक्रममा साधारण चालु तर्फ कार्यालयको प्रशासनिक तथा उपभोग खर्च र साधारण पुजीगत तर्फ केन्द्रको मर्मत, रङरोगन तथा मेसिनरी औजार उपकरण खरिदका लागी पनि कार्यक्रम तयार गरेको छ ।










