भक्तपुर : भक्तपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको छ। दशैँलाई लक्षित गरी भक्तपुर नगरपालिकाले बिहीवार यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमन गर्दा व्यवसायीले जथाभावी मूल्य राखी उपभोक्ता ठग्ने र बासी तथा कुहिएको मासु बिक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर रहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए।
अनुगमन टोलीले दर्ता नगरी सञ्चालित हरिकृष्ण शाहीको राँगाको मासु पसलमा बिग्रेको, बासी र कुहिएको मासु बिक्री गरेको पाइएपछि १० किलो मासु जफत गरी नष्ट गरेको र तत्काल दर्ता गर्न निर्देशन दिएको छ।
अनुगमनमा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु झिंँगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडाबर्तन सफा राख्न, मूल्यसूची राख्न, ससेजको लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिए।









